गण्डकीमा स्थानीय सेवाका कर्मचारी सरुवा र काज स्थगित

समाधान संवाददाता २०८१ कार्तिक १३ गते १६:५७

पोखरा । गण्डकी प्रदेश सरकारले स्थानीय सेवाका कर्मचारी सरुवा र कामकाज खटाउने काम रोकेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मंगलबार सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरुवा र कामकाज रोकेको हो ।

Advertisement

शाखा अधिकृत प्रदीपचन्द्र सुवेदीले जारी गरेको सूचनामा कात्तिक १२ गते सोमबार प्रमुख सचिवस्तरको निर्णयानुसार सूचना प्रकाशित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा यो अवधिमा सरुवा/कामकाज सम्बन्धी निवेदनहरु पेश नगर्न आग्रह गर्दै त्यस्ता निवेदनउपर कुनै कारवाही नहुने जनाइएको छ ।

एउटा पालिकाबाट अर्को पालिकामा सरुवा वा काजका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको स्वीकृत आवश्यक पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया