मसिनाको चेतमान स्मृति खेल मैदानमा फुटबल प्रतियोगिता—अनन्त एफसी र ८ टु ९ बि फाइनल प्रवेश

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ चेतमान स्मृति खेल मैदानमा सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता पाँचौं दिन मंगलबार सेमिफाइनलका खेल सकिएको छ ।
सेमिफाइनलको पहिलो खेल ८ टु ९ बि र छोरी सुसान बिच प्रतिस्पर्धा भएको थियो । खेल बराबरीमा टुग्गिएपछि पेनाल्टिमा ८ टु ९ बिले ५–४ले जितेको हो । त्यस्तै दोस्रो खेल खेलको परिवेश युवा क्लबलाई अनन्त एपसी ४–२ले जितेको छ । बुधबार अनन्त एसmसी र ८ टु ९ बिच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक कमिटीका उदयराज आचार्यले जानकारी दिए ।

नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठान र मसिना फुटबल क्बलको संयुक्त आयोजनामा भएको सेभेन ए साइट पुरुष फुटबल शुक्रबारदेखि सुरु भएको थियो । प्रतियोगितामा उपाधि चुम्नेलाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार छ । यस्तै, द्धितिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ रहेको नगद पुरस्कार छ । साथमा खेलाडीले प्रमाणपत्र, ट्रफी र सटिफिकेट पाउनेछन् । प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई ५ हजार र टप स्कोर ल्याउनेलाई ५ हजार पाउनेछन् । त्यस्तै प्रतिष्ठानले दुई वटा सरप्राइज अवार्ड पनि राखेको छ ।

यी दुई सरप्राइज अर्वाड प्राप्त गर्नेलाई प्रति ५ हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिता भरी लामाचौर फुटसलले प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया