हिमाली सांस्कृतिक परिवारलाई पुरस्कार

पोखरा ।
सिद्धि गौचनको १४ औं स्मृति सभा पोखरामा भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहका वक्ताले सिद्धि गौचनलाई नाम जस्तै काममा पनि सिद्धि प्राप्त प्रतिभाका रूपमा चिनाए ।
सोही समारोहबीच संस्थाद्वारा सञ्चालित १० हजार १ सय ११ राशिसहितको सिद्धि गौचन स्मृति पुरस्कारबाट हिमाली सांस्कृतिक परिवारलाई सम्मानित गरिएको छ । साहित्यकार सरुभक्त, डा नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अनेसासका केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, अभियान्ता रामकली खड्काले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरे ।
साहित्यकार सरुभक्तले सिद्धि गौचनलाई नजिकैबाट चिनेको स्मरण गर्दै नाम र काम दुवैले प्रसिद्धि कमाएका प्रतिभाको स्मृतिमा स्थापित पुरस्कारबाट हिमाली सांस्कृतिक परिवार पुरस्कृत हुनु गौरवको विषय रहेको बताए । उनले थपे, ‘सिद्धि गौचन बहुआयामिक मात्र नभएर बहुभाषिक प्रतिभा पनि हुनुहुन्थ्यो, जुन समय अंग्रेजी विषयकै प्राध्यापकको वाक कला न्दा उत्कृष्ट अंग्रेजी बोल्नु हुन्थ्यो ।’
पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनले सिद्धी गौचन आफ्नी पत्नीमात्र नभएर परिवारमा पनि लोकप्रिय पात्रका रूपमा रहेको स्मरण गरेँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङले समाजमा उल्लेख्य योगदान दिएका प्रतिभाको स्मरणमा हुने कार्यले पात्रमात्र नभएर स्वयम् संस्था पनि उचाइमा पुग्ने धारणा राखे ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले राज्यको दृष्टिकोष अझै पनि स्रष्टा साधकप्रति सकारात्मक नभएकाले निरन्तर कलमले खबरदारी गर्न आवश्यक रहेको धारणा राखे । पुरस्कृत हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले संस्था स्थापना कालदेखि अविछिन्न नेपाली मौलिक कला, लोकसंस्कृति, लोपोन्मुख नेपाली नृत्य तथा बाजाको संरक्षणमा अगाडि बढ्दै गर्दा यस्ता सम्मान र पुरस्कारले उत्साह थप्ने बताए ।
पूर्व सम्मानित प्रतिभा डा वसन्त ताम्राकारले असल पात्रका रूपमा सिद्धि गौचनलाई चिनाए । अर्की पूर्व सम्मानित प्रतिभा रामकली खड्काले सिद्धि गौचनसँगबाट आफूले सीप सिकेको स्मरण गरिन् । प्रतिभा चयन समितिका संयोजक कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषबाट हरेक २ वर्षमा महिला सशक्तीकरण, घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेका प्रतिभा र संस्थालाई पुरस्कृत गर्दै आएको बताए ।
संस्थाका अध्यक्ष डा.नारायणप्रसाद अधिकारीले एउटा पुरुष सफल हुनका लागि उसका पछाडि महिलाको ठूलो हात रहने भएकाले विश्वमोहन गौचनले त्यो त्यागको स्मरण गरेर कोष स्थापना गर्नु सबैका लागि प्रेरणापरक कर्म भएको धारणा व्यक्त गरे । लुम्ले कविता गाउँका अध्यक्ष भरत देवकोटाले गौचन परिवारकै प्रतिभा विनोद गौचनको सत्कर्मले लुम्लेलाई कविता गाउँ भनेर चिनाउन पाउँदा गौरवबोध भएको बताए ।
प्राडा यमबहादुर पौडेल क्षत्रीले जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल साहित्यको उन्नति, राष्ट्रिय एकता र देशभक्तिका साथ पृथक आयाम बोकेर अगाडि बढिरहेको बताए । असफल गौतमले संस्थाका गतिविधिबारे प्रकाश पारेको पारे । कार्यक्रममा थकाली सेवा समिति पोखराका अध्यक्ष तेजेन्द्र तुलाचन र प्राध्यापक ज्योति भट्टचनले पनि बोलेका थिए ।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया