खानेपानी संस्थान कर्मचारीबीचको विभेद अन्त्य गर्न माग
पोखरा । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले युनियन कर्मीमा अनुशासन, मितव्ययी र मित्रवत व्यवहार आवश्यक पर्ने बताए । संस्थानमा व्यवस्थापनले कर्मचारीलाई काखा र पाखा गर्दा दिनानुदिन धरासायी बन्दै गएको बताए ।
अध्यक्ष धमलाले कर्मचारी सेवा शर्त विनियमावली व्यवस्थापनले नकारात्मक ढंगले खेल्दा आजसम्म प्राप्त नभएको उल्लेख गरे ।
केन्द्रीय समितिको २१ औं जुम वैठकको निर्णय अनुरुप संस्थानका २३ वटै इकाई समितिहरुले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा शुभकामना व्यक्त गर्दैै अध्यक्ष धमलाले चार्डपर्व सकिएसँगै आन्दोलनको तयारीमा जुट्न कार्यरत श्रमिकलाई आग्रह गरेका थिए । संस्थानमा ३० वर्ष बढि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको भविष्य अन्यौलमा पार्ने संस्थान व्यवस्थापन र सञ्चालक समितिलाई खवरदारी गरेका थिए । पर्वहरुसँगै उर्जा थप्न कर्मचारीलाई आग्रह गरेका धमलाले विनियमावली, सामाजिक सुरक्षा कोष, बीमा तथा विभेद रहित व्यवस्था बनाउन व्यवस्थापनलाई आग्रह गरे ।
कर्मचारी संघ इकाई समितिका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशीले शुभकामना व्यक्त गर्दै कर्मचारी एकतामा जोड दिएका थिए । कर्मचारी संघका सल्लाहकार विष्णुप्रसाद रेग्मीले महाप्रबन्धकको अन्तर्वार्तामा छनौट भएका सवैलाई वधाई दिँदै संस्थानलाई गहन ढंगबाट निडर नेतृत्व आवश्यक पर्ने बताए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय महासचिव वसन्तराज भण्डारीले संघको रचनात्मक कार्यक्रमले निरन्तरता पाउनु सकारात्मक भएको बताए ।
कर्मचारी संघ इकाई सचिव विमल तिम्सिनाले सञ्चालन तथा इकाई कोषाध्यक्ष सिमाना केसीको स्वागतमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुले पर्वको अवसरमा सकारात्मक भएर अघि वढ्न सक्नु पर्नेमा जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया