नियात्रा

सुन्दर फेवादेखि मनोरम तिलिचोसम्म

डोलराज अर्याल २०८१ कार्तिक १६ गते ९:१४

सङ्गतदेखि नै सङ्गति मिलेका हामी तीन भाइ (म, लोकचन्द्र खनाल र शिवहरि सुवेदी) वर्षको एकपटक घुम्ने योजना बनाउँथ्यौँ । कारोना महामारीको सङ्कटकालको समयावधिबाहेक वि.सं. २०७४ अन्नपूर्ण आधार शिविर, २०७५ मर्दी हिमाल आधाार शिविर र २०७६ रारा ताल प्mयाट्टै योजना बनाएर तय गरिएका यात्राहरू थिए । २०७७ र २०७८ आफूलाई कसरी सुरक्षित राख्ने भन्ने मै बित्यो । अलिकति सहज हुनेबित्तिकै घुम्ने बानी जोडिइहाल्यो । २०७९ मा बाग्लुङको बाटो रुकुमसम्म पुगेर फिर्किइयो । स्वच्छन्द आकाशमा हावा खाँदै उड्ने पन्छीलाई पनि छक्क पार्थे होलान् हाम्रा गतिविधिले । २०८० मा लोमानथाङ हुँदै कोरोला नाकासम्मको यात्रा तय भयो । समूह ठूलो बन्यो । भरपुर मनोरञ्जन नहुने पो हो कि भन्ने द्विविधामा यम सुवेदी, दुर्गा सुवेदी र अर्जुन भण्डारीका साथमा यात्रा सोचेभन्दा धेरै नै रमाइलो भयो । भेष क्षत्री सरका गतिविधि र सरलपनले हामी पूर्ण सन्तुष्ट बनेका थियौँ ।

Advertisement

यसपाली भने मौसम खुलेन । नयाँ प्रकाशनसँगको सम्झौता, व्याकरण पुस्तकको परिमार्जन, लोकचन्द्र सरका आपैmलाई अल्झाइरहने कामहरू आदि कारणले अन्योलका बिच समूह परिवर्तन गर्ने निर्णय गरेँ । पाँच जना दरौँखोलेहरू मध्यपहाडी राजमार्गबाट पश्चिमको पहाडी क्षेत्र सर्लक्क डुल्ने महत्वाकांक्षी योजना जानुभन्दा अगिल्लो दिन भताभुङ्ग भयो । पस्केको खाना खान नपाउनुजस्तै नमज्जा बोकेर पोखरा फर्केँ । शिवहरि सर यही मौकाको पर्खाइमा । अनि घुम्ने योजना तय भयो, मनाङ ।

नेपालका ६० जिल्ला भन्दा बढी जिल्ला पुगेका हामीहरू आप्mनै प्रदेशको मनाङ जिल्लामात्र नटेकेकामा खल्लो लागिरहेको थियो । त्यहीँमाथि मनाङका प्राकृतिक सुन्दरता र भौगोलिक अवस्थितिका बारेमा सुन्दा, पढ्दा र विद्युतीय पर्दामा हेर्दा मन हुरुक्क हुन्थ्यो । ल त नि भनेको, के के मिलेन के के ? घरि जाने, घरि नजाने । जनै लगाउने कि नलगाउने ? तिलिचो ताल कि थोराङ पास । तिलिचोबाट मेसोकोन्दो भन्ज्याङ हुँदै मुस्ताङ कि पुनः उही बाटो फर्कने अन्योललाई अँगालिरह्यौँ । मन अस्थिर भइरह्यो । यस्तो झ्याउ लाग्न थाल्यो कि साइत पनि रिसायो होला । २ः०० बजेभित्र हिँड्नु छ ११ः०० बजेसम्म पनि मन ढुलुमुलु । सधैँ खुसीसाथ बिदाइ गर्ने गृहलक्ष्मकीको हिँड्ने बेलाको खनखन । लुसे बिरालाका चालमा घरबाटट निस्केँ । जे त होला । १२ः३० देखि १ः४० सम्म पोखरा बसपार्कको गोठालो हुँदा राजु रिजाल भाइ खुब काम लागे । विश्वविद्यालयका कक्षामा गुरु चेलाको सम्बन्ध भए तापनि मिहिनेती, उद्यमी र सिर्जनशील यिनीबाट पनि मैले व्यावहारिक जीवनका धेरै कुरा सिकेको छु । पाँच जना यात्रीहरू म, लोकचन्द्र खनाल, कमला बास्तोला, शिवहरि सुवेदी र सुनिता गौतम अन्तिम सिटमा बसेर पोखरालाई बिदाई गर्दा दिउँसको १ः४५ भएको थियो ।

Advertisement

५१०० मिटरको उचाइमा पुगेर झरी ४९१९ मिटर उचइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालको यात्राको कुनै पूर्व तयारी थिएन । असहायकको साहारा दैव । पुगेर आइयो । अचम्म लागेको छ । पैदल यात्रामा बोक्नुपर्ने औषधी, यात्राका व्रmममा आवश्यक पर्ने खानेकुरा, लेक चढ्दा बोक्नुपर्ने अदुवा, मरिच, लसुन, टिमुर, कोकाकोला केही थिएनन् । यस्तो लाग्दै थियो कि पोखरा जस्तै अर्को कुनै ठाउँमा जाँदै छौँ । यतिसम्म कि तातो पानी बोक्ने थर्मस पनि थिएनन् । शिवहरि सरका झोलामा दुईओटा लट्ठी ठडिएका थिए, तिनैले मात्र पुर्‍याएर ल्याउँछन् झैं गरेर । डुम्रेमा झरेर बेँसीसहरको ठाडी चढ्दा झमक्क साँझ पर्न लागेको थियो । माइव्रmो बसमा सुखदुःख सुलुलु गुड्दै आठ बजेको वरिपरि बेँसीसहर पुगियो । मनाङको चामे गाउँपालिका कार्यालयमा कार्यरत भान्जा सुरेश मरासिनी र मनाङ गाउँको स्वास्थ्य केन्द्रमाा कार्यरत छोरी मुना अर्याल दुवै स्याङ्जा थिए । सल्लाह, सुझाव त मनग्गे दिएका थिए, परिआएमा सहयोगको वातावरण मिलाउने वचन पनि । मन ढुक्क यही कारणले मात्र थियो ।

बेँसीसहरको मनाङे चौतारामा झरेर होटल खोज्न थाल्यौँ । पर्यटकीय सिजन भएकाले होला मनाङे चौताराले हामीलाई राख्न तयार भएन तर एकजना हँसिलो, रसिलो भाइले भोलिको यात्रामा हामीलाई किने, हामीले नै पैसा तिर्नेगरी । शेराबेँसीको एउटा होटलमा झोलाहरू थन्क्याएर अलिअलि सरसमान किन्न बजार निस्कँदा बजार निकै सक्रिय थियो । बेँसीसहरको चहलपहल र बजारका पसलको अवस्था देख्दा व्यापारिक दृष्टिले यो सहर समुन्न्नत नै लाग्यो । देशको सिमानाबाहिरदेखि सिमानाभित्रै पनि अन्य सहरबाट आएर पसल गर्नेहरूका अनुहारमा दिनभरको हिसाबकिताबले प्रसन्नता फुलेको थियो । होटलमा फर्केर खाना खायौँ । सुत्यौँ । निद्रा लागेन । कारण धेरै नै हुन सक्छन् ।

Advertisement

दोस्रो दिन तयार भएर मनाङे चौतारातिर लाग्दा हामीलाई लिन आएको गाडी बाटामाा भेटियो । खाजा खाइवरि बेँसीसहर छोड्दा घडीले बिहानको ८ः२५ बजाइदिएको थियो । पछाडि अटाइनअटाइ सामान, पछाडिका सिटमा तीन र अगाडिका सिटमा दुईजना यात्री बोकेर उकालिन थाले चालक अशोक थापा मगर । लमजुङको तुरतुरेका युवा उद्यमी यिनले हाम्रो यात्रा रमाइलो बनाउन पुरै शक्ति खर्च गरे । खुदीसम्मको छ किलोमिटर सडकमा सुलुलु चिप्लियो गाडी । ङादी खोलासम्म पनि बाटो ठिकै थियो । मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामलाई पछाडि पारेर जब गाडी अगाडि बढ्यो तब मनाङ र लमजुङका नेताहरूलाई सम्झाइरह्यो बाटाले । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा हाल सङ्घीय सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, मनाङबाट झरेर लमजुङबाट चुनाव लडेका देव गुरुङहरू स्मरणमा आइरहे । यो बाटाको यस्तो अवस्था देख्दा लाग्यो हाम्रा नेताहरू जनताका साथमा सँगै छन् । यस्तो अप्ठ्यारो बाटामा नि नेपाली जनतासँगै जोखिमपूर्ण यात्रा गरेर हामीलाई निकै साथ दिएका छन् ।

अर्खलेबेँसी, स्याँगे, सिरचौर, जगत, च्याम्पे जस्ता सुन्दर ग्रामीण बस्तीहरू हेर्दै अगाडि बढ्यौँ । मस्र्याङ्दीको किनारै किनार अग्ला पहाडहरूका खोँचमाा देखेको प्राकृतिक सुन्दरतालाई शरद ऋतुले सुगन्ध दिएको थियो । डर लाग्दो भीर, सामान्य मर्मतको अभावमा फोर ह्विल गियर लगाउनुपर्ने बाटो, अधिकांश ठाउँमा एकतर्फी भन्दा त बरु पदमार्ग नै राम्रो हुँदो हो । सुन्दर च्याम्चे बजार कटेपछिछ झरना देखियो । शब्दमा सुन्दरता उतार्न गाह्रो हुन्छ । गारखाको मनास्लु हिमालबाट झरेको पानी लमजुङको ठाडो भिरबाट मस्र्याङ्दी नदीमा फँगाल्दा बुङ झरनाको दृश्य हेर्न जो पनि लालयित हुन्छन् । केही अगाडि बढेपछि अक्टोपस नाम दिइएको अर्को सुन्दर झरना देखा प¥यो । यी दुई झरनाका सुन्दरता बेच्न चुकेको नेपाल खाडीमा कामदार र उन्नतिशील देशमा दक्ष जनशक्ति बेचेर रमाइरहेको छ । प्रकृतिले यति धेरै साथ दिएको देश पूर्वाधारको अभावमा दुःखी बनेर बसिरहेको छ ।

सुन्दर बुङ झरना हेर्दै खाना खाएपछि अशोकले गाडी अगाडि बढाए । केही क्षणमा लमजुङ र मनाङको सिमाना आयो । गडो भीरलाई खोपेर बनाइएको बाटो राम्रो थियो । हाइड्रोपावरले निर्माण गरेको रे । हाइड्रोले बनाएका बाटाहरू राम्रा हुन्छन् । मनाङको पहिलो गाउँ तालबजारको सुन्दरता नियाल्दै अगाडि बढ्यौँ । कर्ते, धारापानी, बगरछाप, दानाक्यु, तिमाङ, स्यार्खु, धानचोक, कोतो हुँदै चामेमा पुग्दा २ः०० बजेको थियो । समुद्री सतहबाट ८२२ मिटरको पोखरा, ८०७ मिटरको बेँसी सहरबाट उकालिएका हामीहरू भार्ताङ, ढिकुरपोखरी, पिसाङ, हुम्डे, मुन्चे, भ्राँगा हुँदै ३५४० मिटर उचाइमा अवस्थित मनाङ गाउँँ पुग्यौँ । एकै दिनमाा यति धेरै उचाइमा जानु छ । लेक लाग्ने त होइन ? मनाङ गाउँमा एक घण्टा जति डुलेर गङ्गापूर्ण तालको सुन्दरतामा भुलेर फेरि उकालो लाग्यौँ । आजको हाम्रो गन्तव्य खाङ्सार थियो । मस्र्याङ्दी तदीतटमा खाङ्सार हिमाललाई अगाडि राखेर हाँसिरहेको सुन्दर साङ्सारमा होटल पोटलाका मालि दोर्जे गुरुङको आतिथ्यले हामीलाई आफ्नो थकाइ बिर्साउने अवसर प्रदान ग¥यो । आज धेरै उचाइको यात्रा तय गरियो । ८०५ मिटर उचाइको बेँसीसहरबाट ३७९० मिटरको उचाइमा बास बसियो । तेस्रो दिन बिहान थाङ्सारमा खाजा खाएपछि हाम्रो यात्रा तिलिचो बेसक्यामतर्पm लम्कियो । हिमाली सुन्दरताले तानेको छ । निरन्तर उकालो । लेक लाग्ने डर । पेटका गडबढी बाधक बनिरहे । हामी भने मनमा तिलिचो सजाउँदै उकालो लागिरहयौैँ । ४०७० मिटरको श्रीखर्क र त्यहाँबाट पनि धेरै उचाइमा हाम्रा पाइतला घिस्रिरहे ।

४४०० मिटरको डाँडामा पुगरे भिरको डरलाग्दो बाटामा हिँड्नु चुनौतीपूर्ण नै थियो । धेरै नै भिरालो जमिनका बिचमा बनेको बाटामा घोडा खच्चड निरन्तर यात्रारत छन् । तिलिचो पुगेर फर्केकाहरू र पुग्न हतार गर्नेहरूको भीड बाटाभर देखिन्छ । ढुङ्गा खस्ने डर पनि उत्तिकै छ । सङ्घर्षका पाइलाहरू थाकेनन् । करिब ६ घण्टाको अनवरत यात्रापछि बेस क्याम्पमा पुगियो । थाङ्सारबाटै होटल बुक गराए पनि पदयात्रीको चापका कारण कोठा पाउन मुस्किल भयो । एउटा सिङ्गल र एउटा डबल बेड भएको सानो कोठाभित्र एउटा म्याट थप्न लगाएर आजको रात बिताउने निर्णय गरियो । यस ठाउँको मूल्य अलि चर्कै रहेछ । सादा खाना प्रतिव्यक्ति ८५०, एक लिटर तातोपानीको ४७० अन्य दररेट यस्तै यस्तै । नबसी नहुने भएपछि पैसा खासै ठुलो लागेन । बेलैमा पुगेकाले वरिपरिका सुन्दर दृश्यहरू हेर्ने मौका पाइयो ।

चौथो दिन भन्न्ने कि तेस्रो रात भन्ने बिहान २ः३० मा ब्युँझिएर तयार भयौँ । आवश्यक सामानको झोला बनाएर हामी हिँड्दा ३ः०० बजेको थियो । वरिपरि हिमालले टल्केको उज्यालो बाटामा हिँड्न लाइटको खासै आवश्यकता परेन । हिँड्न भने निकै गाह्रो । तेर्सो तेर्सो उकालो हिँड्दा पनि श्वास फुलेर आइहाल्ने । ४२०० मिटरको उचाइमा अवस्थित बेसक्याम्पबाट हिँड्न सुरु गर्‍यौँ । लोकचन्द्र सर र कमला म्याडमा सुरुबाटै पछाडि पर्नुभयो । शिवहरि सर र सुनिता म्याडम पनि बाइस घुम्ती नपुग्दै छुट्नुभयो । मोबाइलको नेटवर्क टिप्दैन । ठाडै भिरमा २२ ठाउँमा घुमेर उकालो चढ्नुपर्ने यस ठाउँलाई २२ घुम्ती भन्दा रहेछन् । यस्तै बाटामा घोडाहरू च्याँखे थापेर बसेका थिए । एक्लै एक्लै उकालिएँ । साथमा भएको चकलेट चपाउँदै २२ घुम्ती कटेपछि पनि उकालो उस्तै कठिन छ । खाङ्सारका दोर्जे दाइले सहृदयतापूर्वक दिएका दुईओटा थर्मस मसँग परेनछन् । कोकाकोला खान चिसाले सताउने डर भयो । बिछट्टै चिसो छ । अझ हिउँ फुसफसाउन पो थाल्यो । उकालो बाटो, थाकेको शरीर, १ डिग्री सेल्सियसको तापमान, फुसफुसाउँदो हिउँलाई चुनौति दिँदै सात बजेतिर सुन्दर तिलिचोको दर्शन पाइयो । ताल पुग्ने बेलामा तिलिचो पिक हिमालमा गड्याङगुडुङ आवाजसहित आएको हिउँपहिरोले डर भन्दा बढी मनोरञ्जन दियो । साथीहरू पछाडि नै हुनुहुन्छ । आउने नआउने निश्चित छैन । मलाई पनि फर्कौँ फर्कोैँ त धेरैपटक भएको थियो । सेतै टल्कने हिमालको काखमा निलो रूपाकृतिमा तिलिचो । यो ताल मेरो शिरको ताल थियोे, मेरो देशको ताल थियो र विश्व गौरव बनेर तलमन्न सुतिरहेको ताल थियो । फोटाहरू खिचेँ र खिच्न लगाएँ । सात बजे तालको किनारमा पुगेको म साढे सातभन्दा बढी बस्न सकिनँ, जाडाले । फर्कँदै थिएँ । शिवहरि सरका जोडी भेटिनुभयो । पुनः तालतर्फ अगाडि बढ्यौँ र फोटा खिच्न थाल्यौँ । आठ बजे फर्केर अलिक तल झर्दा लोक सर र कमला म्याडमलाई घोडसबार भएको हेर्‍यौँ । निकै खुसी लाग्यो यात्राका सबैले तिलिचो दर्शन पायौँ । फेवाको सजिलो किनारबाट तिलिचोको सङ्घर्षपूर्ण किनार पुगेर पोखराका लागि ओरालो लाग्यौैं ।

तपाईको प्रतिक्रिया