पोखराका मेयर इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान
पोखरा । एसियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम तथा ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबाससम्बन्धी विश्वव्यापी छलफल” कार्यक्रममा बक्ताका रुपमा भाग लिन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान गरेका छन् ।
“सबै कुरा घरबाट सुरु हुन्छ: दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप” भन्ने नाराका साथ १५० भन्दा बढि राष्ट्रहरुको सहभागीतामा हुने कार्यक्रम नोभेम्बर ४ देखि ७ गते सम्म संचालन हुनेछ । भ्रमणका क्रममा जलवायु परिवर्तन, एशियाली विकास बैंकको लागत साझेदारीमा सञ्चालित परियोजनाहरूको प्रगति, आगामी कार्यहरू, सम्भावित अवसरहरूको पहिचान तथा लगानी सुनिश्चितताको विषयमा छलफल छलफल हुनेछ।
यस कार्यक्रम पोखराको दिगो विकास र ठूला परियोजनाहरूका अगाडि बढाउन अत्यन्त सहयोगी हुने विश्वास गरिएको छ । साथै कार्यक्रमका दौरानमा विकास साझेदार संस्थाहरूको सहयोगमा पोखरामा संचालित तथा संचालनका लागि अगाडि बढेका २८ अर्बभन्दा बढीका परियोजनाहरुको प्रभावकारी कार्यन्वयनका लागि दातृ निकायका प्रतिनिधि संग कुराकानी हुनेछ।
तपाईको प्रतिक्रिया