रवि लामिछानेलाई थप २५ दिन म्याद थप्न अदालतसँग प्रहरीको माग
समाधान संवाददाता
२०८१ कार्तिक २० गते १४:२३

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने कास्की प्रहरीले अदालतसँग अनुमति मागेको छ ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ परी पोखरा ल्याइएका रविलाई हिरासतमा राख्न अदालतले दोस्रोपटक ७ दिनलाई दिएको म्याद कात्तिक १४ गते सकिएको थियो । त्यसपछि तिहार विदा परेकाले उनी हिरासतमै थिए । बिदा सकिएको पहिलो दिन मंगलबार रविलाई कास्की प्रहरीले अदालत पेस गरिसकेको छ । म्याद थप सम्बन्धी बहस अहिले सकिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस भएको हो ।
अबको केही बेरमा रविलाई थप हिरासतमा राख्ने वा छोड्ने भन्नेबारे अदालतले आदेश गर्नेछ ।
सम्बन्धित






सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया