‘दसैं तिहार, चेलीलाई उपहार’ अभियानमा ४ सय १५ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लाको एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत सञ्चालित निःशुल्क यातायात सेवा चार सय १५ चेलीले लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनःकर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा अभियान सञ्चालन गरेका थिए ।
दोस्रो चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत कात्तिक १६ गते १७ जना युवाले ७४, कात्तिक १७ गते १५ युवाले ५७, कात्तिक १८ गते १० युवाले ४९ तथा कात्तिक १९ गते ३४ युवाले एक सय नौ चेलीलाई निःशुल्क मोटरसाइकल सेवा दिएका थिए । कात्तिक १९ गते शुभम् फाउण्डेशनको चारपाङ्ग्रे दुई वटा बोलेरोमार्फत ५६ चेलीलाई निःशुल्क सेवा उपलब्ध गराइएको थियो ।
यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित अभियान सञ्चालन गरिएको संयोजक सञ्जयकुमार राईले बताउनुभयो । “दसैँमा चार दिन अभियान सञ्चालन ग¥यौँ । त्यस बेला ७० चेलीले सेवा लिएका थिए । यस अभियानमा जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत युवा निःस्वार्थ रूपमा जोडिएका थियौँ”, उहाँले भन्नुभयो, “नेपालीहरूको दोस्रो ठूलो तथा महत्वपूर्ण चाड तिहारमा मात्रै तीन सय ४५ जना चेलीलाई सेवा उपलब्ध गरायौँ । पहिलो पटक सञ्चालन गरिएको अभियान सफल भएकामा हामी उत्साहित भएका छौँ ।”
मध्यपहाडी लोकमार्गका सडकखण्ड तथा जिल्लाका विभिन्न ठाउँमा सञ्चालित ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा दिइएको युवा समूहले जनाएको छ । यो सेवा सरकारी सेवासुविधा लिइरहेकालाई भने उपलब्ध नगराइएको समूहका सदस्य मोतिचन्द्र राईले जानकारी दिनुभयो ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष एवं कराते खेलाडी राईको संयोजकत्वमा सुरु गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा स्वतःस्फूर्त सहभागी भएका थिए ।
दसैँलाई लक्षित गरेर १० युवाले सुरु गरेको पहिलो चरणको अभियानलाई निरन्तरता दिँदै दोस्रो चरण अर्थात् तिहारमा निःशुल्क यातायात सेवा उपलब्ध गराएपछि जिल्ला तथा बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताले युवा समूहको प्रशंसा गरिरहेका छन् । अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई दिक्तेल बजारको रत्नपार्कमा सञ्चालित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउण्डेशन खोटाङका प्रबन्ध निर्देशक सूर्यबहादुर राईले बताउनुभयो ।
चाडपर्वको समयमा चेलीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानका क्रममा करिब पाँच सय लिटर पेट्रोल खपत भएको संयोजक राईले जानकारी दिनुभएको छ । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापालगायत व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस
—






समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया