डोनाल्ड ट्रम्प बने दोस्रो पटक अमेरिकी राष्ट्रपति
पोखरा। डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका छन् । राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछार्दै ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेका हुन् ।
उनी यसअघिको चुनावमा जो बाइडेनसँग पराजित भएको भए पनि त्यसअघिको कार्यकालमा हिलरी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् ।
उनले कुल ५० राज्यका ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्नेमा त्यो भन्दा बढी भोट जितेका हुन् । ७ स्विङ राज्यमासमेत ट्रम्प हावी भएपछि ह्यारिसले जित्ने कुनै ठाउँ नै नरहेको हो । ट्रम्पले २ सय ७९ र ह्यरिसले २ सय २३ भोट जितेकी छिन् ।
योसँगै अमेरिकी २ सय ३० वर्षे इतिहासमा फेरि पनि पुरुष नै हावी भएका हुन् । अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् ।
ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् । योसँगै उनको राजनीतिक उछाल तत्कालका लागि रोकिएको छ ।
संसदीय चुनावमा पनि ट्रम्पकै रिपब्लिकन अगाडि रह्यो । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले २ सय १ तथा डेमोक्रेटिकले १७७ सिट जित्दा सिनेटमा रिपब्लिकनले ५१ तथा डेमोक्रेटिकले ४२ सिट जितेको छ ।
सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया