मानव सेवा आश्रमको मेची–महाकाली अभियानको टोली पोखरामा

समाधान संवाददाता २०८१ कार्तिक २१ गते १७:३७

पोखरा ।
मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान पोखरा आइपुगेको छ । सहयोगापेक्षी सडक आश्रितहरुलाई उद्धार गर्न चलाइएको यो अभियानको टोली कात्तिक १९ गते पोखरा आइपुगेको हो । बुधबार यो टोलीले पोखराको मुख्यमुख्यहरु हेम्जाहुँदै महेन्द्रपुल चिप्लेढुंगा, न्यूरोड सभागृह हुँदै लेकसाइडमा पैदल यात्रा गरेको थियो ।

Advertisement

दिउँसो भने यो टोली पोखराको बेगनासतालसम्म पुगेको थियो । सडक आश्रितहरुलाई उद्धार गर्ने अभियानका मेची महाकाली अभियानमो टोलीले हालसम्म सडक आश्रित १ सय ७० जनालाई उद्धार गरिसकिएको अभियानका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।


मानव सेवा आश्रम गण्डकीका संयोजक तथा केन्द्रीय कोषाध्यक्षसमेत रहेका तिमिल्सिनाले अभियानकै क्रममा बालबालिकादेखि वृद्धासम्मका सबैलाई उद्धार गरेर आश्रम पु¥याइएको सुनाए । उनका अनुसार सडकमा अहिले सडक बालबालिका ह्वात्तै बढेको यो अभियानले देखाएको छ ।

Advertisement


सडकबाट उद्धार सडकबाट गरिएका मध्ये बालबालिकाको संख्या बढेको उनले सुनाए । मानव सेवा आश्रमले असोज २८ गतेबाट मेची महाकाली अभियान सुरु भएको थियो । जसको उद्देश्य जसको कोही हुँदैन, उनैको सेवामा समर्पित भन्ने छ । सडक आश्रितहरुलाई उद्धार गरेर सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा चाहना लिएर अभियान पोखरा आइपुगेकोमा खुसी लागेको मानव सेवा आश्रम पोखराका सदिस पुनले सुनाए । उनले पोखरामा आफूहरुले प्राय अभियान गरिरहेकाले सडक आश्रित कम भेटिएको सुनाए । तथापि पोखरामा दुई बालिकाको उद्धार यो अभियानकाक्रममा गरिएको छ ।

गण्डकी प्रदेशका अन्य जिल्लाबाट सडक आश्रितहरुलाई उद्धार गरेर नजिकको आश्रममा राखिएको उनले भनाइ छ । मेचीकाली अभियानको टोली गण्डकीको म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा पुगिसकेको छ । कास्की हुँदै अन्य जिल्ला पुगेर अभियान काठमाडौं पुगेर यो अभियानलाई बिट मार्ने गण्डकी संयोजक तिमिल्सनाले जानकारी दिए । यो अभियानका अर्को उद्देश्य चाडपर्वमा कोही सडकपेटीमा बस्न नपरोस् भन्ने पनि रहेको उनले सुनाए ।

Advertisement


मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन् । केन्द्रले सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ । हालसम्म ११ हजार सडक आश्रितहरुलाई उद्धार गरेर अधिकांशलाई पुनर्मिलन समेत गराइएको संयोजक तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया