आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले बुधबार वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताउनुभएको हो । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
“कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन”, उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ ।” पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।






सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया