मनाङ एमाले अध्यक्षमा पोल्देन छोपाङ गुरुङ निर्वाचित
समाधान संवाददाता
२०८१ कार्तिक २२ गते ११:११

पोखरा ।
नेकपा एमालेको पाँचौं जिल्ला अधिवेशनबाट मनाङकाे अध्यक्षमा पोल्देन छोपाङ गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएकाे अधिवेशनले ४३ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ ।
कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा मीना गुरुङ र छिरिङ गुरुङ चयन भए ।
सदस्यहरुमा कर्म गुरुङ, कान्छा घले, लोकेन्द्रबहादुर घले, मेलिना गुरुङ, बासुदेव थापा, मैत गुरुङ, मिङमर छिरिङ विष्ट, अर्बिन गुरुङ, टिआर गुरुङ लगायत ४१ जना चयन भएका छन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मनाङ जिल्ला कमिटी अधिवेशनको उद्घाटन गरेका थिए । उनले आउँदो निर्वाचनमा एमालेलाई विजयी गराउने गरी लाग्न कार्यकर्ताहरुसँग आग्रह गरे ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया