मनाङ एमाले अध्यक्षमा पोल्देन छोपाङ गुरुङ निर्वाचित
समाधान संवाददाता
२०८१ कार्तिक २२ गते ११:११

पोखरा ।
नेकपा एमालेको पाँचौं जिल्ला अधिवेशनबाट मनाङकाे अध्यक्षमा पोल्देन छोपाङ गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएकाे अधिवेशनले ४३ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ ।
कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा मीना गुरुङ र छिरिङ गुरुङ चयन भए ।
सदस्यहरुमा कर्म गुरुङ, कान्छा घले, लोकेन्द्रबहादुर घले, मेलिना गुरुङ, बासुदेव थापा, मैत गुरुङ, मिङमर छिरिङ विष्ट, अर्बिन गुरुङ, टिआर गुरुङ लगायत ४१ जना चयन भएका छन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मनाङ जिल्ला कमिटी अधिवेशनको उद्घाटन गरेका थिए । उनले आउँदो निर्वाचनमा एमालेलाई विजयी गराउने गरी लाग्न कार्यकर्ताहरुसँग आग्रह गरे ।
सम्बन्धित








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया