अर्जुनकी आमाको स्मृतिमा अक्षयकोष

समाधान संवाददाता २०८१ कार्तिक २२ गते ११:४०

पोखरा ।
एमालेका युवा नेता अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका बटुकलाई भोजन दान गरेका छन् ।

Advertisement


आमाको ४५ औं दिनको पुण्यतिथिमा अधिकारीले त्यहाँ आवासीय रुपमा रहेका २८ जना बटुकलाई बिहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।

अधिकारीले अक्षयकोषका लागि नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गरे । त्यस अवसरमा तिमिल्सिनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभलाग्दो रहेको बताए । अधिकारीले सानो रकमबाट अक्षयकोषको सुरुआत गरेको र आगामी दिनमा थप सहयोग गरिने बताए ।


विद्याश्रममा ४७ जना आवासीय रुपमा बस्दै आएको र १ सय ४८ जना अध्ययनरत रहेको प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनाले जानकारी दिए । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टका स्वकीय सचिव समेत रहेका अधिकारीले यसअघि आमाको स्मृतिमा महेन्द्र मावि घार्मीमा पनि अक्षयकोष स्थापना गर्नुका साथै ओमकारेश्वर महादेव मन्दिरमा भेटी वापत उठेको रकम सहयोग गरेका थिए । पोखरा १९ घार्मी निवासी अधिकारीकी आमाको गत असोज ४ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया