रेडक्रस सोसाईटी लेखनाथ उपशाखाको रक्तदान

लेखनाथ ।
पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी पोखरा–२७ लेखनाथ उप शाखाको रक्तदानमा ३१ युनिट रगत संकलन भएको छ । कार्यक्रम ‘रक्तदान जीवन दान जीवन दान महादान’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रेडक्रसले मानवताको सेवाका लागि गरेको कामलाई समाजको तल्लो तहसम्म पुर्याउँदै हरेक मानिसमा सामाजिक भावनाको विकास गराउनुपर्ने बताए ।
रक्तसंचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, राईजिङ स्टार युवा क्लवका अध्यक्ष यम गुरुङ, छिमेकी टोल विकास संस्थाकी अध्यक्ष पार्वती भटराई लगाएतले बोलेका थिए ।
उप शाखाका सभापति तिलकशालि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोपालमणि लामिछानेले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया