स्वावलम्बी सहकारीमा यादवप्रसाद पोख्रेल
पोखरा । पोखरा १७ स्थित स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । अधिवेशनले यादवप्रसाद पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चुनेको हो ।
समिति उपाध्यक्षमा ठाकुरप्रसाद पोख्रेल, सचिव लक्ष्मण पोख्रेल, कोषाध्यक्ष उपेन्द्र पोख्रेल र सदस्यमा मीना अधिकारी, मायाकुमारी सुवेदी लामिछाने, भगवान पोख्रेल, दुर्गाप्रसाद अधिकारी र खिमलाल गौतम छन् । लेखा समिति संयोजकमा लीलाप्रसाद पराजुली र लेखा समिति सदस्यमा दुर्गाकुमारी अधिकारी र सृजना अधिकारी छन् ।
बिहीबार भएको सभामा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले सहकारी भनेको सहकार्य भएको उल्लेख गरे । उनले जनताको समृद्धिसहित उन्नत राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
पौडेलले केही बेइमानका कारण क्षतविक्षत सहकारीहरूको गतिविधिबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणको बाटोमा अघि बढ्न आग्रह गरे । सहकारी सहकारीका सात सिद्धान्तको जगमा इमान्दार र प्रतिबद्ध भए सबै सहकारी सफल हुने उनको भनाइ छ ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष डा रामजीप्रसाद पोख्रेल, साना किसान सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेल, नमुना सहकारीका अध्यक्ष भोजराज पौडेल, लेखापरीक्षक रुद्रनाथ पौडेल, सेयर सदस्य मीनादेवी अधिकारी, ईश्वरीप्रसाद पोख्रेल लगायतले बोलेका थिए ।
सभाले अध्यक्ष भूपराज पोख्रेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ओमप्रकाश लामिछानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सो अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरू लोकमाया पोख्रेल, तोयनाथ अधिकारी र एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी अनुश्कादेवी लामिछाने, १० जोड २ मा उत्कृष्ट नतिजा हासिल गर्ने अञ्जन पराजुली, गोपी अधिकारी तथा उत्कृष्ट कारोबार गर्ने कुलप्रसाद पौडेल, उत्कृष्ट सेयर सदस्य शिक्षा पंगेनी अधिकारीलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया