अफिन गण्डकी अध्यक्षमा चरक मेमोरियलका कपिल पोखरेल

पोखरा । निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । कात्तिक १० गते अधिवेशन भए पनि कार्यसमिति र सल्लाहकार समितिले अहिले पूर्णता पाएको हो ।
अफिन गण्डकीको हालै भएको अधिवेशनबाट उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा. चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चुडामणि दाहाल चयन भए ।
सदस्यमा मेट्रो सिटी हस्पिटलका डा. चन्द्रबहादुर मिश्र, पार्कल्यान्ड हस्पिटलका महेन्द्र केसी पोखरा ॐ हस्पिटलका जगन्नाथ गौतम, रिजनल हस्पिटलका सबिन अधिकारी, आविष्कार हस्पिटलका डा. सन्जय कोइराला चयन भए ।
आमन्त्रित सदस्यमा डा. केशव शर्मा, डा. अमृत केसी, कल्पना पौडेल घिमिरे, रामचन्द्र सिग्देल चयन भएका छन् । यसैगरी सल्लाहकारमा अशोक पालिखे, प्राडा बुद्धिबहादुर थापा, प्राडा. भरतबहादुर खत्री, डा. प्रेमबहादुर पुन, डा. ऋषिराम ढकाल, डा. आनन्द भट्टराई, नरेन्द्र बास्तोला चयन भए ।
मिडिया सल्लाहकारमा ऋषि खतिवडा र कानुनी सल्लाहकारमा अधिवक्ता हरिप्रसाद पण्डित चयन भएका छन् । अधिवेशनको उद्घाटन प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गरेका थिए ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया