मानव तस्करी प्रकरणमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई निलम्बित

पोखरा । नेकपा एमालेले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशसभा सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ।
नेकपा एमाले कोशी प्रदेशले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई मानव तस्करी आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उनलाई निलम्बन गरिएको जानकारी गराएको छ।
‘लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको संगठित सदस्यताबाट समेत निलम्वन गरिएको जानकारी गराइन्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै एमालेले उनीमाथि गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
सरकारको स्वीकृतबिना जापान पुगेका मन्त्री अधिकारीसहित उनीसँगै गएका अन्य तीन जनालाई विमानस्थलबाटै फर्काइएको थियो। मानव तस्करीको आरोप लागेपछि कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अधिकारीले पदबाट राजीनामा दिएका थिए।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया