एकता सहकारीको सभामा मन्त्री बस्याल

समाधान संवाददाता २०८१ कार्तिक २४ गते १९:०९
oplus_0

पोखरा । एकता बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा शनिबार पोखरामा भएको छ । साधारण सभाको उदघाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गरे ।

Advertisement

‘समृद्ध नेपाल सुखी नेपालीका’ लागि सहकारीको भूमिका महत्वपूर्ण रहने मन्त्री बस्यालले बताए । ‘सहकारीहरुले कृषि उत्पादन, व्यावसायिकतामा जोड दिँदै मानव जीवनसँग प्रत्यक्ष जोडिँदै कारोबार गरी राष्ट्र निर्माणमा योगदान दिनुपर्ने भनाइ मन्त्री बस्यालको थियो । उनले सहकारीको अवधारणा, मूल्य –मान्यता अनि सहकारीका सात सिद्धान्तलाई मात्र टेकेर करोबार गर्ने हो भने कुनै पनि सहकारीहरु धारासायी नहुने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले आफ्नो वडामा सञ्चालित १४ वटा सहकारी जोखिम मुक्त रहेको भन्दै यि सहकारीलाई डुब्न नदिने प्रतिवद्धता गरे । उनले सबै सहकारी सक्षम रहेको भन्दै शेयर सदस्यहरुको रकम सुरक्षित राखी व्यवसाय सञ्चालनमा ल्याउन आफु लागि परेको जानकारी गराए ।

Advertisement

सहकारीका संस्थापक अध्यक्ष बालकृष्ण काउछा मगरले एकता सहकारीले नाम जस्तै काम गरेकोमा खुसी व्यक्त गरे । सल्लाहकार नवराज सुवेदीले सहकारीमा ढुक्क भएर कारोबार गर्न सेयर सदस्यहरुलाई आव्हान गरे । सेयर सदस्य केशवराज भट्टराईले उत्पादनलाई विशेष जोड दिन सहकारी सञ्चालकसँग आग्रह गरे ।

एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्ष तिलकप्रसाद तिवारीले स्वागत मन्तव्य, सचिव रामबहादुर मगरले कार्यक्रम सञ्चालन तथा कार्यसमिती सदस्य ज्योति तामाङले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।

Advertisement

साधारण सभामा अध्यक्ष सुदर्शन पौडेलले प्रस्तुत गरेको सहकारीको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खुमबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका संयोजक विश्वनाथ ओझाद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको थियो ।

सो अवसरमा ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारी, सेयर सदस्यका छोरा छोरी मध्येबाट कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउने दुईजना छात्रछात्रा सम्मान एवं उत्कृष्ट कर्मचारी सम्मानबाट विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । साधारण सभामा लेखा सुपरिवेक्षण समितिमा रिक्त रहेको एक सदस्यमा सेयर सदस्यहरुमध्येबाट श्रीराम सिग्देललाई छनोट गरी पदपूर्ति गरिएको थियो ।

तपाईको प्रतिक्रिया