जनप्रिय बहुमखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल

पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले बराललाई प्रमुखमा नियुक्त गरेको हो । व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका बरालले यसअघि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी समेत निभाएका थिए ।
क्याम्पस प्रमुख लोकराज भण्डारीको कार्यकाल सकिएपछि निमित्तको भरमा चल्दै आएको थियो ।
२ कार्यकाल बिबिए संयोजक र २ कार्यकाल सहायक क्याम्पस प्रमुख बराल पोखराकै बासिन्दा हुन् । उनले २०६५ सालदेखि त्यहाँ पढाउँदै आएका छन् । उनी जनप्रिय क्याम्पसकै पूर्व विद्यार्थी हुन् । नवनियुक्त प्रमुख बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले आइतबारै पद तथा गोपनियताको शपथ गराएका छन् ।
स्वायत्त कार्यक्रमअन्तर्गत विषय थप गर्ने र मानीत विश्वविद्यालय बनाउने लक्ष्य आफूले लिएको क्याम्पस प्रमुख बरालले बताए । प्रमुखको कार्यकाल ४ वर्षे हुन्छ ।
क्याम्पसले त्रिविको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । स्वायत्त कार्यक्रमअन्तर्गत एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँ करिब ४५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । जनप्रियमा १सय ५० प्राध्यापक र ३८ जना कर्मचारी कार्यरत छन् ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया