सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराउँछु भन्दै ठग्ने माछापुच्छ्रेका सुजन पक्राउ

काठमाडौं । सस्तो मूल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मुल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।”
निजलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । रासस






शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया