गण्डकीका सांसद दीपक मनाङे काठमाडाैंबाट पक्राउ

पाेखरा ।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै दोषी ठहर गरेको थियो ।
२ दसकअघि चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा मनाङेमाथि लागेको हो । २०६१ वैशाख २१ गते चक्रे मिलन उर्फ मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो ।
उक्त मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार केही समय उनी कारागारसमेत बसिसकेका छन् । सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो । उनलाई ५ वर्षको कारागार सजाय अदालतले सुनाएको छ ।
२०७९ को प्रदेश सभा निर्वाचनमा मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ स्वतन्त्र उम्मेदवार थिए । उनी निर्विरोध निर्वाचत भएका हुन् । पछि माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरेका उनले केही समयमै उक्त पार्टीसमेत परित्याग गरेका थिए । मनाङे पहिलो प्रदेश सभा र दोस्रोपटकको कार्यकाल गरी ६ पटक मन्त्री भइसकेका छन् ।









इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
६४ युनिट रगत संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया