रवि लामिछानेलाई रुपन्देही लगियाे

पाेखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देहीमा लगिएको छ । सभापति लामिछानेलाई मंगलबार पोखराबाट बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको हो ।
बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा लामिछानेलाई रुपन्देही लगिएको हो । गोर्खा मिडिया नेटवर्क प्रालिमा लामिछाने प्रबन्ध निर्देशक रहदाँ सहकारीकाे रकम अपचलन गरेको आरोप छ ।
लामिछानेलाई विगत २६ दिनदेखि कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।
रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले पनि भैरहवामै प्रदर्शनको तयारी गरिरहेका छन् ।
गत कार्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ गरिएका लामिछानेलाई भने अदालतबाट चारपटक म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछाने माथी अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया