मनाङे जेल चलान, प्रदेश सभा सदस्य पद भने कायमै !
समाधान संवाददाता
२०८१ कार्तिक २७ गते १५:५८

पोखरा । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मंगलबार कारागार चलान भएका छन् । बिहान काठमाडौंबाट पक्राउ परेका उनी दिउँसो कारागार चलान भएको हो ।
मनाङेलाई ज्यान मार्ने उद्योगमा कात्तिक २० गते सर्वोच्च अदालतले दोषी ठहर गरी ५ वर्ष कैद सुनाएको छ । २०६९ मा पाटन अदालतले गरेको फैसला नै सर्वोच्चबाट सदर भएको हो ।
मनाङे दोषी ठहर भएर कारागार गइसक्दा समेत उनको पद भने गएको छैन । सर्वोच्च अदालतले सांसद दोषी ठहरिएको जानकारी प्रदेश सभालाई पठाएको छैन ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले सर्वोच्च अदालतको पत्र सचिवालयमा नआएको बताए । पत्र नआएसम्म कारवाही गर्न नमिल्ने उनकाे भनाइ थियो ।
सम्बन्धित









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया