विश्व शान्ति स्तूपमा पूजा

समाधान संवाददाता २०८१ कार्तिक २८ गते १०:३८

पोखरा ।
पुम्दीभुम्दीको अनदु डाँडामा रहेको विश्व शान्ति स्तूपमा सोमबार २५ औं वार्षिक पूजा भएको छ । त्यस अवसरमा भिक्षु संघरत्न मानकेले पोखराको रमणीय वातावरण, विश्व प्रसिद्ध सगरमाथाको देशमा यो पूजामा यो पूजामा सहभागी हुन पाउनु पुण्य र कर्मको फल रहेको बताए । जापान, चाइना, नेपाल र भारतका भिक्षुहरु एकसाथ मिलेर यो पूजा गर्दा करुणा मैत्री विश्व बन्धुत्वको भाव आइरहेको र यो सब बुद्धको शिक्षा, धर्मले गर्दा सबै एक सूत्रमा बाँधिएको उनले सुनाए ।


पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले विश्व शान्ति स्तूप स्थापनाले यस क्षेत्रको पहिचान र विकास साथै स्थानीयको आयआर्जन, जीविकोपार्जन र जीवनस्तर उकासिएको बताए । वडा नम्बर २२ ले विकास र पूर्वाधार निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरे ।


विश्व शान्ति स्तूप सञ्चालक समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले यस स्पूत निर्माणले पोखरा मात्र नभइ नेपालकै एक धार्मिक पर्यटकीय महत्वको गन्तव्यको रुपमा स्तूप स्थापित भएको विचार राखे । उनले यहाँ आउने हर कोहीले शान्ति, करुणा र मैत्रीको अनुभूति गरी आनन्दित हुने सुनाए ।

Advertisement


अब स्तूपलाई संघीय, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखी संरक्षण, संवद्धन गर्नुपर्ने माग बुद्धाचार्यले राखेका थिए । पुम्दीभुम्दीमा रहेको ३ वटा धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति स्पूत, महादेव मन्दिर, पुम्दीकोट र नवनिर्मित बुद्ध पार्कलाई समेटेर नयाँ परिपथको निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए । कर्यक्रम सञ्चालन सहसचिव चमबहादुर गुरुङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया