पोखरा महानगरमा कर्मचारी परिचालनमा भएका समस्या समाधान गर्न समिति गठन
समाधान संवाददाता
२०८१ कार्तिक २८ गते ११:१३

पोखरा ।
पोखरा महानगरपालिकामा कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका गर्न महानगर प्रवक्ता एवम वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
नगरप्रमुख स्तरीय निर्णय अनुसार बुधवार तिम्सिनाको अध्यक्षतामा ९ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।
समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, १३ का वडाध्यक्ष किरण बराल, १५ का वडाध्यक्ष तोरण बानिया र नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्णकुमारी पौडेल र डाल्डादेवि भुजेल छन् ।
समितिलाई कर्मचारी परिचालन तथा व्यवस्थापन समस्याका सम्बन्धमा ३ दिन भित्र समस्या समाधानको उपाय सहितको सुझाव पेस तथा सहजीकरण गर्न महानगरले कार्यादेश दिएको छ ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया