पोखरा महानगरमा कर्मचारी परिचालनमा भएका समस्या समाधान गर्न समिति गठन
समाधान संवाददाता
२०८१ कार्तिक २८ गते ११:१३

पोखरा ।
पोखरा महानगरपालिकामा कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका गर्न महानगर प्रवक्ता एवम वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
नगरप्रमुख स्तरीय निर्णय अनुसार बुधवार तिम्सिनाको अध्यक्षतामा ९ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।
समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, १३ का वडाध्यक्ष किरण बराल, १५ का वडाध्यक्ष तोरण बानिया र नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्णकुमारी पौडेल र डाल्डादेवि भुजेल छन् ।
समितिलाई कर्मचारी परिचालन तथा व्यवस्थापन समस्याका सम्बन्धमा ३ दिन भित्र समस्या समाधानको उपाय सहितको सुझाव पेस तथा सहजीकरण गर्न महानगरले कार्यादेश दिएको छ ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया