इन्ड्राइभ कम्फर्ट सुरु
काठमाडौं ।
इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा नयाँ ‘इन्ड्राइभ कम्फटर्‘ सुविधा सुरु गरेको छ ।
इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुलाई परिष्कृत सुविधासहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ । कम्फोर्ट सवारी उच्च गुणस्तरका सवारी साधन र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ ।
इन्ड्राइभ साउथ एसियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकारले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्प प्रदान गर्न लागेको जनाए ।
इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा छन र वातानुकूलित छन् । यसमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन् । इन्ड्राइभ उचित र पारदर्शी मुल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ र इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ ।
यी गाडीमा अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटि गरिएका ड्राइभर हुने इन्ड्राइभकी एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले बताइन् ।
तपाईको प्रतिक्रिया