-मितेरी सहकारी ठगी प्रकरण -
सिआइबीले लियो कांग्रेस उपसभापति धनराज गुरुङसँग बयान

पोखरा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ।
बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो। सिआइबीका प्रमुख एवं एआइजी दीपक थापाले गुरुङसँग लिखित बयान भएको जानकारी दिए।
उनले भने, ‘हामीले धनराजजीसँग पनि सोधपुछ गर्यौं। अनुसन्धानका लागि चाहिने विषयमा बयान लिएका हौँ। करिब चार पाँच घण्टा बयान भयो।’
धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधरणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्ष छ।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ गरेपछि गुरुङलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारमाथि दबाब पर्दै आएको छ।
संसदीय छानबिन समितिले गुरुङलाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको थियो।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया