पोखराको भौगर्भिक अध्ययनमा फ्रान्सले सघाउने

पोखरा । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाललले बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेकी छन् । पहिलो पटक पोखरा आएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ ।
विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए । फ्रान्सेली नागरिक मौरिस हर्जाेगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए । त्यसको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण गरिएको इतिहास छ ।
हर्जाेगले अन्नपूर्ण–१ (प्रथम) हिमालको सफल आरोहण गरेको ७४ वर्ष पूरा भएको छ । सन् २०२५ मा हिमाल आरोहणको ७५ औं वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताइन् । हर्जाेगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५३ जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेका थिए ।
भेटवार्तामा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवद्र्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको छ ।
भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको समेत सहभागिता थियो । पोखरा महानगरपालिका फान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाइ अभियानदेखि समग्र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया