रवि लामिछानेलाई भैरहवाबाट पोखरा ल्याइयाे

समाधान संवाददाता २०८१ कार्तिक ३० गते १४:११
फाइल तस्बिर

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बिहीबार बयान सकिएपछि पोखरा फिर्ता ल्याइएको हो ।

Advertisement

बयानका लागि गत मंगलबार पोखराबाट उनलाई भैरहवा लगिएको थियो । आज दिउँसो साढे एक बजे यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया