कास्की प्रहरी कार्यालय बाहिरबाट रास्वपाका ७ जना कार्यकर्ता पक्राउ
समाधान संवाददाता
२०८१ कार्तिक ३० गते १६:३३

पोखरा ।
कास्की प्रहरी कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरी कार्यालय लैजाने बेलामा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका हुन् ।
निषेधित क्षेत्रमा नाराबाजी गर्न लागेएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले बताएकाे छ । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर भैरहवाबाट शुक्रबार रविलाई पाेखरा ल्याइएको हो । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि अनुसन्धानका लागि उनी पाेखरामा छन् ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया