स्याङ्जालाई उत्कृष्ट करदाता सेवा कार्यालय सम्मान

काठमाडौं । सरकारले धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् । आन्तरिक राजस्व विभागले उत्कृष्ट कर्मचारी र उत्कृष्ट करदाता सेवा कार्यालयलाई समेत सम्मान गरेको छ । उत्कृष्ट करादाता सेवा कार्यालयको सम्मान देशभरका ३ कार्यालयले पाउँदा गण्डकी प्रदेशको स्याङ्जा पनि परेको छ ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम आर्थिक वर्ष २०७९÷८० को उत्कृष्ट करदाताको सूचीमा शीर्ष स्थानमा परेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा टेलिकमलाई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको हो ।
टेलिकमले पछिल्ला आर्थिक वर्षहरूमा लगातार उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ । त्यस्तै उक्त आर्थिक वर्षमा एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधि निर्याततर्फ उत्कृष्ट करदाताका रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको छ । त्यसैगरी व्यक्तिगत आयकरमा सबैभन्दा धेरै योगदान गर्ने राजबहादुर शाहलाई सम्मान गरिएको छ ।
ज्वालाखेल ग्रुपका प्रबन्धक राजबहादुर साह यस वर्ष सर्वाधिक व्यक्तिगत आयकर तिर्ने व्यक्ति बनेका हुन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिरेको आधारमा शनिबार उनलाई सरकारले सम्मानसमेत गरेको हो ।यसअघि उनका बुवा विजयबहादुर साह ३ पटक सबैभन्दा बढी आयकर तिरेको व्यक्तिको रुपमा सम्मानित भएका थिए । उनकी दिदीले पनि एकपटक सबैभन्दा बढी आयकर तिरेको आधारमा सम्मान पाएकी छन् ।तर ज्वालाखेल ग्रुपका प्रबन्धक साहले असन्तोष व्यक्त गरेका छन् ।
वार्षिक हजार नयाँ उद्योग खुल्नुपर्नेमा वार्षिक हजार भन्दा धेरै उद्योग बन्द भएको पनि उनले बताए । ‘हाम्रो परिवारले छैटौं पटक यो सम्मान पाएका छौं, आज मेरो छोरीले पनि चासो राखिन पछि उनी पनि यो सम्मान पाउन सक्लिन् तर, देशको अवस्था के हुने हो? आर्थिक अवस्था के हुने हो?, अहिले अवस्था राम्रो छैन,’ उनले भने ।
आन्तरिक राजस्व विभागले उत्कृष्ट काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई समेत सम्मान गरेको छ । उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा छन् ।
विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरू
बैंकिङ क्षेत्रः नबिल बैंक
शिक्षाः लुम्बिनी मेडिकल कलेज
पर्यटनः तारागाउँ रिजेन्सी होटल
वस्तु व्यापारः भाटभटेनी सुपर मार्केट
ऊर्जाः भोटेकोसी पावर कम्पनी
रेमिटेन्सः सिटी एक्सप्रेस मनी ट्रान्सफर
मूल्य अभिवृद्धिकरः होङ्सी सिमेन्ट (२०७५ देखि असार मसान्तसम्मको)
…
अन्य विशिष्ट योगदान
निर्यातः डाबर नेपाल
सूचना प्रविधि निर्यातः कोडावतार टेक प्रालि
कृषि उद्योगः पतञ्जली आयुर्वेद
विशेष उद्योगः वरुण वेभरेज
५० करोडसम्म कारोबारः सोल्टी इन्टरप्राइजेज
५० करोडदेखि १ अर्बसम्म कारोबारः सीडीएस एन्ड क्लियरिङ
तपाईको प्रतिक्रिया