राष्ट्रिय कर दिवसमा पोखरामा प्रभातफेरी

पोखरा । राष्ट्रिय कर दिवस २०८१को सप्ताह व्यापी कार्यक्रम शनिबारदेखि औपचारिक रुपमा सुरुवात भएको छ । कर सप्ताह (मंसिर १देखि ७)को पहिलो दिन आन्तरिक राजश्व कार्यालय पोखराले सचेतनामुलक प्रभातफेरी ¥याली निकाल्नुका साथै सरोकारवालाबीच शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ ।
स्थानीय पोखरा सभागृहबाट निकालेको र्याली सिर्जनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक, शहिदचोकहुँदै कार्यालयमा पुगी समापन भएको प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । कार्यक्रममा करदाता, व्यापारिक तथा बस्तुगत संगठन, लेखा परीक्षक लगायत सरोकारवालाहरुको सहभागिता रहेको छ । प्रमुख कर अधिकृत शर्माले नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको बताए । उनले नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष कर दिवस मनाउँन थालेको जनाए ।
राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइएको छ । प्रमुख कर अधिकृत शर्माले कर दिवसको सन्दर्भमा पहिलो सेवाग्राहीलाई सम्मान, बस्तुगत संघ संगठनसँग अन्तक्र्रिया, कर शिक्षाको बारेमा प्रशिक्षण, उत्कृष्ट कर्मचारी सम्मान, करदाता सम्मान सहित कर सप्ताहको समापन गरिने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकण कार्कीले करको दर भन्दा दायरा बढाउन सुझाव दिए । उनले स्वच्छ र स्वस्थ व्यवसाय गरेर कर तिर्न उद्योगी व्यवसाय तयार रहेको जानकारी दिए । ‘स्वच्छ रुपमा कारोबार गरेर नियमित रुपमा कर तिर्नेलाई कर माथि कर थोपर्दा मारमा परेका छन्,’उनले भने, ‘कर पनि नतिर्ने र करको दायरामा समेत नआउनेले सबैलाई बिगार्ने काम गरेका छन् ।’ उनले अहिलेको विषम परिस्थितिमा उद्योगी तथा व्यवसायीहरु सहज रुपमा कर तिर्न नसक्ने अवस्थामा रहेको जानकारी दिए । उनले कर सप्ताह पश्चात राजश्व प्रशासनले नयाँपन दिन पर्ने बताए ।
कर अधिकृत उपेन्द्र लामिछानेले कर सप्ताहको सन्दर्भमा कार्यालयका कर्मचारीबीच व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । नेपाल अडिटर एशोसियसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मीले एशोसियसनले उद्योगी व्यवसायी र कार्यालयबीच पुलको काम गरेको उल्लेख गरे ।
आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिकरूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ । विभागको योगदान कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया