प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक बिदा

पोखरा । प्रदेश सभा सदस्य विमला गौचनको निधनमा आइतबार प्रदेश सभा सचिवालयमा बिदा गरिएको छ ।
प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको निर्णय अनुसार आइतबार १ दिन शोक बिदा गर्ने र सरकारी झण्डा आधा झुकाउने निर्णय भएको सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले बताए ।
यसैबीच नेपाली कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभा सदस्य गौचनको निधनले असमायिक निधनले नेपाली कांग्रेस संसदीय दल, गण्डकी प्रदेशलाई स्तब्ध बनाएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक एवं सामाजिक क्षेत्रमा समेत सक्रिय गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण दलले गरेको छ ।
यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धितालले पनि अलगअलग विज्ञप्ति जारी गरी गौचनको निधनप्रति दुख व्यक्त गरेका छन् ।
शनिबार प्रदेश सभामा आयोजित श्रद्धाञ्जली सभामा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुख बिनाकुमारी थापा, प्रदेश सभा सदस्यहरुले गौचनको शवमा राष्ट्रिय झण्डा ओडाए ।
मुख्यमन्त्री पाण्डे, कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीको झण्डा ओडाए ।
त्यसअघि थकाली सेवा समितिले पोखराका तर्फबाट तेजेन्द्र तुलाचन लगायतले समितिको झण्डा ओडाएका थिए । गौचनलाई शनिबार नै बेनी लगेर शवयात्रापछि दाहसंस्कार गरिएको छ । डेंगु रोग लागेपछि काठमाडौंमा उपचारकै क्रममा उनको कात्तिक २८ गते राति निधन भएको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया