स्कुल हिँडेका १४ वर्षे रोहित १ सातादेखि बेपत्ता

पोखरा । घरबाट स्कुल हिँडेका पोखरा ३२ तल्लो गगनगौंडा खुदीका १४ वर्षे बालक ५ दिनदेखि बेपत्ता छन् । राजाको चौतारामा रहेको व्रह्मरुपा माविको कक्षा ७ मा अध्ययनरत रविन परियार कात्तिक २८ गतेबाट हराएका हुन् ।
साथीभाइ, आफन्त र चिनजानकाहरुको घरमा समेत नभेटिएपछि आमा बिना र राजकुमार छोराको खोजीमा भौंतारिएका छन् । कात्तिक २८ गते बिहान खाना खाइवरी स्कुलको ड्रेस लगाएर झोला बोकेर उनी घरबाट निस्केका थिए । स्कुल र घरबीचको दुरी २ किलोमिटर पनि छैन । घरबाट निस्केका रविनले नजिकै साथीकोमा गएर ड्रेसको कपडा फेरेर साथीकै कपडा लगाएर निस्केका थिए । उनी साथीलाई समेत कहाँ जान्छु भनेर नभनेको बाबु राजकुमारले बताए । कहिले प्रहरी कार्यालय, कहिले सम्भावित ठाउँहरुमा पुगेका उनीहरु आइतबार समाधान दैनिकको कार्यालयमा आएर खोजीका लागि सहयोग मागेका छन् ।
झनक्क रिसाउने स्वभावको भए पनि परिवारमा त्यस्तो मुटाव नभएको आमा बिनाले बताइन् । ‘बाबु हराउने बित्तिकै माइती अर्मलातिर खबर गरें, सबैजना आउनुभयो, निकै खोजियो, बाबु भेटिएको छैन,’ मलिन मुहार पारेर उनले भनिन् । अरु दिन स्कुल जान्न भनेर कनकन गर्ने रविन त्यो दिन भने हाँसीखुसी घरबाट निस्केको आमा बिनाको भनाइ थियो ।
खोजी गरिदिन निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले समेत सूचना जारी गरेको छ । साथीको घरबाट हिँड्दा उनले पहेंलो र खरानी रङको टिसर्ट, खरानी रङको पाइन्ट र चप्पल लगाएका छन् । साढे ४ फिट उचाइका रविनको शरीर मझौला छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया