रिमझिम बल पुनः बजारमा ल्याउने सुजलको तयारी

पोखरा ।
नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजल फुड्स प्रालिले नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुनः बजारमा ल्याउने तयारी गरेको छ । सुजल फुड्सले फेरि एकपटक उपभोक्ताहरूमाझ पिरो –मिश्रित मिठो स्वादको पुरानो यादलाई ताजा बनाउन रिमझिम बल पुनः लन्च गर्ने तयारी गरेको हो ।
पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्महरूमा यस ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताहरूको मागका कारण यसलाई पुनः बजारमा ल्याउने निर्णय गरिएको हो । सुजल फुड्सले रिमझिम बलको पुनः लन्चको सुरुवात पोखराबाट गर्ने भएको छ ।
‘यो पुनः लन्चले पुराना उपभोक्ताहरूलाई बाल्यकालका सम्झनाहरू दिलाउनेछ र फेरि एकपटक आफ्नो मन पर्ने क्यान्डी खान पाइने छ,’ सुजलको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ पुस्तालाई तिक्खर स्वादहरूको खोजीमा पुरानो मिठासको अनौठो अनुभूति दिनेछ ।’ सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी छिट्टै नै ८० र ९० दशकका पुस्ताका लागि यादगार स्वादको प्रतीक बनेको थियो ।
ऊ बेला ब्ल्याकबल उपनामबाट परिचित यो क्यान्डीको अनौठो पिरो र मिठ्ठो स्वादले उपभोक्ताको मन जितेको थियो ।
सुजल फुड्सले रिमझिम बलको पुनः लन्च अभियानबारे थप जानकारी चाँडै सार्वजनिक गर्नेछ । जहाँ पुराना प्रशंसकहरूलाई पुराना यादरुको यात्रा गराउँदै नयाँ पुस्तालाई नयाँ र फरक स्वादको अनुभव दिने योजना बनाइएको छ ।









सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया