आयोजनाका समस्या बुझ्न मन्त्री फिल्डमा

पोखरा ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका योजनाबारे बुझ्न मन्त्री प्रकाशबहादुर केसी बागुलङका विभिन्न ठाउँ पुगेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका ४ योजना निरीक्षण गरेको हो ।
टोलीले शुक्रबार गल्कोट हरिचौर हिल्ल्तार म्याग्दी सडक, शनिबार बुर्तिबाङ तमानखोला लमेला सडक र गाडीखोला ढोरपाटन सडकसँगै चक्ति खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।
गल्कोट हरिचौर म्याग्दी करिब ११ किलोमिटरको सडक स्तरोन्नतीका लागि २०७६ कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो । सम्झौता अवधि सकिन ५ महिना बाँकी रहँदा काम ६७ प्रतिशत सकिएको छ । बुर्तिबाङ तमानखोला १० किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ ।
यो सडक निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो । सडक निरीक्षण गर्दै मन्त्री केसीले समयसीमामा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे ।
कामको जिम्मा लिएर सम्पर्कविहीन निर्माण व्यवसायीलाई मन्त्रालयमै बोलाएर निर्देशन दिने र आवश्यकताअनुसार कर्मचारी खटाउने प्रतिवद्धता
चक्ति खोलामाथि बनेको २.८ किलोमिटरको पुलसँगै १० किलोमिटरका गाडीखोला ढोरपाटन सडकको निर्माण सकिएको छ । यो सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भएकाले चाँडै काम सक्नुपर्नेमा जोड दिए ।
उनले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका छन् । पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सिडिई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारी अपुग भएको गुनासो गरे ।
भौतिक मन्त्री केसीले समयसीमाभित्र निर्माण सक्ने गरी निर्माण कम्पनीहरुलाई काममा लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए । ‘केही समस्या छ भने त्यही अनुसार अगाडि बढ्नुहोला । जनगुनासो कत्ति पनि नआओस् कुनै पनि काममा । गुणस्तरयुक्त काम गर्नेमा ध्यान दिनुहोला,’ उनले भने ।
काम छोडेर सम्पर्कमा नरहेका निर्माण व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर छलफल गरिने मन्त्री केसीको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमलप्रसाद अधिकारीले छलफल गरी कर्मचारी पठाउने प्रतिबद्धता जनाए ।
मन्त्री केसीले आफ्नो साढे दुई महिनाको अवधि मन्त्रालयको प्रशासनिक र भौतिक अवस्था, वार्षिक विकास कार्यक्रमका योजनाको अवस्था, मन्त्रालय मातहतका निकायको प्रगति र समस्या बुझ्न खर्चिएको मन्त्री केसीले सुनाए । ‘अब बेला बखत प्रदेश सरकारको लगानीमा निर्माणाधीन योजना निरीक्षणमा निस्कन्छु, फिल्डमा जाँदा यथार्थ बुझिन्छ,’ उनले भने ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया