प्रदीपको फोटो उत्कृष्ट

पोखरा ।
फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगितामा प्रदीप श्रेष्ठ विजेता बनेका छन् । अर्को विधा नेचर एन्ड लैन्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो सर्वाेत्कृष्ट ठहरिएको छ ।
फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथो साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा पुरस्कृतलाई पुरस्कार वितरण गरियो । प्रतियोगितामा करिब ११ सय तस्बिर सहभागिताका लागि प्राप्त भएका थिए ।
प्रदीपले १५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र पाएका छन् भने पौडेलले १० हजारसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । ब्राइड एन्ड ग्रुम पोट्रेटमा नन्दु श्रेष्ठ, उत्कृष्ठ पाँचमा अबी घिमिरे, सानुकाजी महर्जन, भुवन श्रेष्ठ, सन्देश थापाका तस्बिर उत्कृष्ट ठहरिए ।
बेस्ट कलरिड एन्ड रिटचिडतर्फ सर्वाेत्कृष्ट अबी घिमिरे हुँदा सुशील श्रेष्ठ, निरोज भण्डारी, विजय शर्मा, रामजी थापा उत्कृष्ठ पाँचमा पर्न सफल भए । बेस्ट मोमेन्ट क्याप्चरतर्फ उत्कष्ठ सुशील अधिकारी, फोकस श्रेष्ठ, आलोक कुमाल, देव पोखरेल, रामचन्द्र पोखरेल उत्कृष्ठ पाँचमा समेटिए ।
।
कपल पोजिड अन वेडिङ डेतर्फ कृष्ण सापकोटा सर्वाेत्कृष्ट हुँदा नन्दु श्रेष्ठ, पुरन थापा, बिशाल तामाङ र उदय थुलुङ उत्कृष्ठ पाँचमा रहे । टिपिकल कल्चरतर्फ प्रदीप श्रेष्ठ सर्वाेत्कृष्ट बने । अस्मिर थापा, नारायणहरि अधिकारी, अशोक श्रेष्ठ र दिवस लम्साल उत्कृष्ठ ५ मा परे ।
नेचर एन्ड ल्यान्डस्केपमा उत्कृष्ट पाँचमा पूर्णबहादुर मौराती, राकेस गुरुङ, एलेक्स नेपाली, विश्वास, बव साईका तस्बिरले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमा गण्डकीकी प्रेस रजिस्ट्रार बिमला भण्डारी, कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी, अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, पत्रकार कमल पौडेल अथक, दिगम्बर राजबंशी, श्रीराम कँडेल, दिनेश अर्याल, हरि घिमिरे, प्रेमप्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड, निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदीप श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा फोटोग्राफी प्रतियोगिताको महत्वबारे संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले प्रष्ट पारेका थिए ।
तपाईको प्रतिक्रिया