भ्रष्टाचारबाट सफाइ पाएका पूर्वमुख्यसचिव वैकुन्ठ अर्यालले राजीनामा दिए
समाधान संवाददाता
२०८१ मंसिर ३ गते १५:०७
पोखरा । पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् ।
भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमाना पत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा दायर गरेको मुद्दामा अर्यालले कात्तिक १४ मा विशेष अदालतबाट सफाइ पाएका थिए ।
विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । उनलाई भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गरेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया