माओवादी कास्कीका संयोजकमा विश्वप्रकाश

समाधान संवाददाता २०८१ मंसिर ३ गते १५:११

पोखरा । नेकपा माओवादी केन्द्र कास्की संयोजकको जिम्मेवारी विश्वप्रकाश लामिछानेले पाएका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो ।

Advertisement

लामिछानेलाई कास्की संयोजक बनाउन कास्की इञ्चार्ज रामजीप्रसाद बरालले सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको पार्टीका कास्की इञ्चार्ज रामजीप्रसाद बरालले बताए । नेकपा माओवादी केन्द्र कास्की संयोजक बनेका लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् ।

उनी पार्टीको गण्डकी प्रदेशका सचिवालय सदस्य पनि हुन् । गएको प्रदेश सभामा निर्वाचनमा कांग्रेस– माओवादी गठबन्धनबाट कास्की २ ख मा उठेका उनी एमालेका भीम कार्कीसँग पराजीत भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया