माओवादी कास्कीका संयोजकमा विश्वप्रकाश
समाधान संवाददाता
२०८१ मंसिर ३ गते १५:११

पोखरा । नेकपा माओवादी केन्द्र कास्की संयोजकको जिम्मेवारी विश्वप्रकाश लामिछानेले पाएका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो ।
लामिछानेलाई कास्की संयोजक बनाउन कास्की इञ्चार्ज रामजीप्रसाद बरालले सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको पार्टीका कास्की इञ्चार्ज रामजीप्रसाद बरालले बताए । नेकपा माओवादी केन्द्र कास्की संयोजक बनेका लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् ।
उनी पार्टीको गण्डकी प्रदेशका सचिवालय सदस्य पनि हुन् । गएको प्रदेश सभामा निर्वाचनमा कांग्रेस– माओवादी गठबन्धनबाट कास्की २ ख मा उठेका उनी एमालेका भीम कार्कीसँग पराजीत भएका थिए ।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया