विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय खेलकुद

पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विद्यार्थीको शारिरीक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले सुरु ३ दिने खेलकुद प्रतियोगिताको सोमबार दोस्रो दिनको खेल सम्पन्न गरेको छ ।
उक्त प्रतियोगिताको दोस्रो दिनमा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब १२ ओटा खेल आयोजना गरिएको थियो । ती खेलकुदहरु सदनात्मक र खुला रुपमा खेलाइएको थियो । कक्षा नर्सरीमा वाटर रेस प्रतियोगितामा परितोष पौडेल प्रथम, इमान थापा क्षेत्री द्वितीय र अनिक शिट तृतीय भएका छन् । कक्षा एलकेजीबाट वाटर रेसमा सृष्टि मोन्डल प्रथम, कृष्ण मेट्या द्वितीय र नोमिका नेपाली तृतीय भएका छन् ।
सोही कक्षाबाट मेकिङ गाल्र्यान्ड (माला बनाउने) खेलमा एल्बिना तामाङ प्रथम, प्रज्ञा खनाल द्वितीय र सायरा देवकोटा तृतीय भएका छन् । युकेजीतर्फबाट विज्ञान दौडमा प्रीतिकोना मोन्डल प्रथम, एड्विन देवकोटा द्वितीय र कृषा कार्की तृतीय भएका छन् ।
युकेजीतर्फकै अर्को खेल ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा एकबाट विज्ञान दौडमा सुभान सुवेदी प्रथम, पारोमिता मोन्डल द्वितीय र समीक्षा बास्तोला तृतीय भएका छन् । सोही कक्षाको ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् ।
जुनियर प्रावि तहमा कक्षा २ बाट गणित दौडमा एन्जिला थापा प्रथम, रेनिस अमगाईं द्वितीय र रन्जन सुनार तृतीय भएका छन् । कक्षा २ मा स्पोन रेसमा अंश सुनार प्रथम, स्वप्निल सुनार द्वितीय र क्रेलिशा विक तृतीय भएका छन् । कक्षा ३ बाट गणित दौडमा अंकित मन्ना प्रथम, अन्मोल तामाङ द्वितीय र दिप्सना विक तृतीय भएका छन् ।
सोही कक्षामा स्पोन रेसमा युनेश रोका प्रथम, कपिल पौडेल द्वितीय र काव्या विक तृतीय भएका छन् । कक्षा ४ बाट मेमोरी पावर खेलमा युनिका खनाल प्रथम, सखिम बास्तोला द्वितीय र दिव्या लम्साल तृतीय भएका छन् । कक्षा ५ मेमोरी पावर खेलमा श्रीषा तिमिल्सिना प्रथम, केन्जल जिसी द्वितीय र रुपा ठकुरी तृतीय भएका छन् ।
कक्षा ४ को गणित दौडमा दिया क्षेत्री प्रथम, युनिका खनाल द्वितीय र प्रेमिका नेपाली तृतीय भएका छन् । कक्षा ५ को गणित दौडमा श्रीषा तिमिल्सिना प्रथम, मुस्कान भण्डारी द्वितीय र प्रज्वल न्यौपाने तृतीय भएका छन् । सोही तहमा ४ बाई १०० मिटर रिले दौडमा छात्रातर्फ पहेँलो सदन प्रथम र निलो सदन द्वितीय भएको छ ।
४ बाई १००मी रिले दौडमा छात्रतर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएको छ । टग अफ वार समूहमा हरियो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । यसैगरी सेभेन ए साइड फुटबलमा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय भएका छ ।
आधारभूत सिनियर तर्फ ४०० मिटर दौड छात्रामा कक्षा ७ की खुश्बु सापकोटा प्रथम, कक्षा ६ की सबिता सुनार द्वितीय र कक्षा ६ कै सृष्टिका कोइराला तृतीय भएका छन् ।
मावितर्फ ४०० मिटर दौडमा छात्रातर्फ कक्षा १० की सुजिता सुनार प्रथम, सोही कक्षाकी अनिता विक द्वितीय र निर्सरा पौडेल तृतीय भएका छन् । सोही तहमा छात्रतर्फ ४०० मिटर दौडमा कक्षा ९ का अस्दीप बर्देवा प्रथम र सुजन राई द्वितीय भएका छन् ।
आधारभूत सिनियरमा छात्रातर्फ ४ बाई १०० मिटर रिलेमा निलो सदन प्रथम र पहेँलो सदन द्वितीय भएका छन् भने छात्रतर्फ नीलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मावि तहमा ४ बाई १०० मी रिले दौडमा छात्रातर्फ नीलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । सोही तहको छात्रतर्फको रिले दौडमा रातो सदन प्रथम र नीलो सदन द्वितीय भएका छन् ।
टग अफ वारको छात्रतर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् भने छात्रातर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मावि तहको सेभेन ए साइड फुटबलमा रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् । खेल मंगलबार पनि सुचारु रुपमा सञ्चालन गरिने छ ।
तपाईको प्रतिक्रिया