दुर्गा प्रसाई पक्राउ, साईबर क्राइम मुद्दा लगाईने

समाधान संवाददाता २०८१ मंसिर ४ गते १२:५८

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नक्कली कागजपत्र देखाएर अफवाह फैलाएका मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनकै निबासबाट पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर क्राइम अन्तरगत मुद्दा चलाइने बताएका छन् । आजै अदालतमा लगेर म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।

Advertisement

हिजो मात्र प्रसाईले युट्युव सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा अरबौं रुपैया लगानी भएको भन्दै केही कागजपत्र सार्बजनिक गरेका थिए । प्रारम्भिक अध्ययन मै ती कागजपत्र नक्कली भएको पाइएपछि सिआइबीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया