७ गतेबाट फोर्टी प्लस फुटसल हुने
समाधान संवाददाता
२०८१ मंसिर ५ गते ११:१२

पोखरा ।
मंसिरको पहिलो साता पोखरामा पहिलो पटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ । ४० वर्ष उमेर पुगेकाहरुलाई लक्ष्य गरी मंसिरको ७ र ८ गते प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार ट्रफी र मेडल, दोस्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक शिव भट्टराइले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १ हजार ५ सय र ट्रफी र बेस्ट किपरलाई नगद १ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता रानीपौवा स्पोर्टस सेन्टरमा हुनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया