सफलको फेमिली मिल्क

पोखरा । आइएसअ २२०००:२०१८ सर्टिफाइड कम्पनी सुजल डेरी प्रालिले सफल फेमिली मिल्क बजारमा ल्याएको छ । गाई भैंसीबाट उत्पादित यो उच्च गुणस्तरको दूध हो । पोखरा तथा पोखरा नजिकका क्षेत्रबाट संकलन गरी कुनै किसिमको मिसावट नगरी अत्याधुनिक प्रविधिमा पास्चराइज गरी तुरुन्तै उपयोग योग्य बनाइ बजारमा पठाइने गरिएको कम्पनीले जनाएको छ । यसो गर्नाले दूधमा स्वाद तथा गुणस्तर कायम रही स्वच्छता, ताजा पन र शरिरलाई तन्दुरुस्त राख्ने कम्पनीको दाबी छ ।
सफल फेमिली मिल्कमा ५.५ प्रतिशत फ्याट र ८.५ प्रतिशत एसएनएफ हुने हुँदा शरिरलाई रोगसँग लड्ने क्षमता बढाउनुको लागि चाहिने महत्वपूर्ण तत्वहरु जस्तै प्रोटिन, भिटामिन, मिनरल्स र क्याल्सियम अरु दूधभन्दा बढी भएको कम्पनीको दाबी छ । सफल फेमिली मिल्कमा एसएनफ र फ्याट को पूरै सन्तुलन मिलाइएको हुन्छ जस कारण यो अन्य दूध भन्दा बढी स्वादिलो, क्रिमयुक्त र स्वस्थबर्द्धक रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, यो दूधमा क्याल्सियम, प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ जसले गर्दा पौस्टिकता बढी हुनुको साथ साथै शरिरको इम्युनिटी बढाउन मदत गर्दछ । सफल फेमिली मिल्क पारदर्शी प्याकेजिङमा प्याक गर्दा दूधमा भएको बाक्लोपन पनि महसुस गर्न सकिन्छ ।







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया