पोखरा युनाइटेड एकेडेमीमा स्पोट्र्स मिट

पोखरा ।
पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा वार्षिक स्पोटेर्स मिट २०८१ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त स्पोटेर्स मिटको बुधबार सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनका लागि विभिन्न खेलकुद गतिविधि गर्नुपर्नेमा जोड दिए ।
उनले हरेक व्यक्तिसँग विभिन्न क्षमता हुने हुँदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न विद्यार्थीहरुमा आग्रह गरे । सांसद गुरुङले नेपालका सन्दीप लामिछाने, सावित्रा भण्डारीदेखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता खेलाडीहरु पोखराले पनि उत्पादन गर्न सक्ने दाबी गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले कुनै पनि खेलकुद प्रतियोगिताहरुमा सहभागी हुनु ठूलो कुरा भएको उल्लेख गरे । प्रिन्सिपल बयनबहादुर गोदारले विद्यार्थीहरुको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिन उक्त कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आएको सुनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा विद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारी, शिक्षक फणीन्द्रराज पौडेलले लगायतले शिक्षासँगै खेलकुदको महत्वको बारेमा चर्चा गरे । शुक्रबारसम्म चल्ने उक्त स्पोट्र्स मिटमा फुटबल, भलिबल, बास्केटबल लगायत विभिन्न प्रतियोगिताहरु हुने भएको छ ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया