कांग्रेस कास्की उपसभापति कुँवरलाई प्रशिक्षण विभागको जिम्मेवारी
समाधान संवाददाता
२०८१ मंसिर ७ गते १२:५९

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ ।
काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।
रिक्त ४ जिल्ला सदस्यमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी चयन भएको जिल्ला सहसचिव नवीन सिग्देलले बताए । यस्तै, बैठकले क्रियाशील सदस्यको नवीकरण गर्न सुरु गर्ने निर्णयसमेत गरेको छ ।
काँग्रेस कास्कीका सहसचिव शंकर ढुंगानाको संयोजकत्वमा रामजीप्रसाद कोइराला र सुरेन्द्र अधिकारी सदस्य रहेको पार्टीको लेवि व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । यस्तै, भरतप्रसाद तिवारी, भरत थापा, डिल्लीराम भट्टराईलाई आमन्त्रित सदस्य मनोनीत गरिएको सहसचिव सिग्देलले बताए ।
सम्बन्धित









लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया