अदुवा बीउ खरिद प्रकरणमा गल्याङका मेयरलाई सफाइ दिने विशेषको निर्णयविरुद्ध अख्तियार सर्वोच्चमा

स्याङ्जाको गल्याङ नगरपालिकाको अदुवा बीउ खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बालिविकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइराला समेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियारले पुनरावेदन गरेको हो ।
आयोगका अनुसार अदुवा बीउ खरिद प्रक्रियामा नगरप्रमुख भुपराज अधिकारीसहितका अधिकारीहरूले मापदण्डको उल्लंघन गर्दै गुणस्तरहीन बीउ खरिद गरी स्पुक ट्रेडर्स प्रालिलाई गैरकानूनी लाभ पुर्याएका थिए । यसबाट गल्याङ नगरपालिकालाई झन्डै दुई करोड रूपैयाँभन्दा बढीको हानी पुगेको आरोप छ।
विशेष अदालतले अदुवा खरिदको गुणस्तर र मूल्य निर्धारण सम्बन्धी प्रमाण पर्याप्त नभएको भन्दै सफाइ दिएपनि आयोगले मिसिलका प्रमाणहरूको उचित मूल्यांकन नगरिएको दाबी गर्दै फैसलालाई त्रुटिपूर्ण रहेको जिकिरसहित पुनरावेदन गरेको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया