पोखरा ।
कास्कीका माछापुच्छे« गाउँपालिकामा पर्ने मर्दी हिमाल पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।
पोखराबाट दुई दिनमा पुग्ने सकिने मर्दी हिमाल पदयात्रा महत्वपूर्ण गन्तव्य बनेको छ । स्वदेशी तथा विदेशी पर्यटकले मर्दी पदमार्ग यति बेला गुल्जार बनिरहेको छ । अझ नेपाली विद्यार्थीदेखि विदेशी विद्यार्थी मर्दी पदयात्रामा देख्न सकिन्छ ।
मर्दी पदयात्रामा पुग्नेहरु पनि यात्राको क्रममा एक्लै हिँड्न नपर्ने सुनाउँछन् । कालिमाटी हुँदै हाइक्यापसम्म पुगेकी बुटवलकी कल्पना बाटोमा साथी भेटिइरहेकाले यात्र सजिलो भएको सुनाउँछन् ।
मर्दी हिमाल पुग्न पोखराबाट यी गन्तव्य हुँदै पुग्न सकिन्छ—–
पोखराबाट कालिमाटी हुँदै कोकर (फरेस्ट क्याम्प), रेष्ट क्याप्प, लोक्याम्प, हाईक्याम्प हुँदै मर्दी हिमाल भियू पोइन्ट पुग्न सकिन्छ । भियू पोइन्टबाट दुई वा साढे दुई घन्टाको यात्रापछि बेस क्याम्प पुग्न पनि सकिन्छ ।
यस्तै, पोखराबाट सिदिङ हुँदै लोक्याम्प पुगेर पनि मर्दी हिमाल बेस क्याम्प पुग्न सकिन्छ । मर्दी हिमाल पुग्न लान्द्रुक, घान्द्रुक र धम्पुसबाट पनि पुग्न सकिन्छ । पोखराबाट यात्रा गर्दै हुनुहुन्छ भने उक्लन र फर्कंन ४ देखि ५ दिनको टाइम टेबल बनाउँदा यात्रा सहज हुन्छ ।
हेर्नुहोस्, तस्बिरहरु…..
सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया