गरिमा बैंकको १८ औं वार्षिकोत्सव, पोखरामा १ सय ६६ युनिट रगत संकलन

पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ ।
बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो ।
रानाभाटका अनुसार गरिमा विकास बैंकको अहिले ९ लाख सेवाग्रही रहेका छन् । ५ दशमलव ६८ अर्व चुक्का पूँजी रहेको छ । गरिमाका देशभर १ सय २४ शाखा, ५१ वटा एटिएम र सात वटै प्रदेशमा सेवा रहेको छ ।
बैंकमा आज शुक्रमारसम्म ८४ दशमलव ७५ अर्व डिपोजिट र ७३ दशमलव ५० अर्ब लगानी रहेको रानाभाटले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई एउटा बुथलाइजर र एउटा रंगिन प्रिन्टर सहयोग गरेको छ ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया